बिष्णु पौडेल विशेष अदालतमा हाजिर, वकिलहरूको बहस जारी

दियोपोस्ट संवाददाता  

काठमाडौँ । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा सोमबार सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई आज विशेष अदालतमा पेश गरिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले म्याद थपका लागि उनलाई अदालतमा उपस्थित गराएको हो।

अदालतमा म्याद थपका लागि सरकारी वकिलहरूले बहस तयारी गरिरहेका छन् भने पक्राउ नै गलत भएको दाबी गर्दै पौडेल पक्षका कानुन व्यवसायीहरूले पनि आफ्नो तर्फबाट बहस गर्ने तयारी गरेका छन्।

उनको सेयर कारोबार तथा सम्पत्तिको स्रोत शंकास्पद भएको आशंकामा अनुसन्धान अघि बढाइएको विभाग स्रोतले जनाएको छ। अनुसन्धानका क्रममा उनलाई नियन्त्रणमा लिनुअघि निवासमा समेत छापा मारिएको बताइएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रको आधारमा सुर्खेत प्रहरीले उनलाई पक्राउ गरेको थियो। पक्राउपछि उनलाई काठमाडौं ल्याई आज विशेष अदालतमा उपस्थित गराइएको हो।

विशेष अदालत मा अहिले म्याद थपसम्बन्धी प्रक्रिया अघि बढिरहेको छ।

सिफारिस