नगरकोटमा चक्कु प्रहारबाट युवकको मृत्यु, तीन जना पक्राउ

दियोपोस्ट संवाददाता  

काठमाडौँ । भक्तपुरको नगरकोट क्षेत्रमा गएराति भएको झडपका क्रममा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा महोत्तरीको मिथिला नगरपालिका–९ स्थायी घर भई हाल नगरकोट मोडमा बस्दै आएका २८ वर्षीय आकाश रसाइली रहेका छन् ।

सामान्य विवादबाट सुरु भएको झैझगडामा उनीमाथि चक्कु प्रहार भएको थियो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पताल लगिएको थियो। उपचारकै क्रममा आज बिहान ६ः१५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उदयपुर त्रियुगा नगरपालिका–१३ घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने ३१ वर्षीय आयुष कार्की, झापा दमक नगरपालिका-३ घर भई हाल सल्लाघारी बस्ने २७ वर्षीय दोर्जे शेर्पा तथा गुल्मी तम्घास स्थायी घर भई हाल सल्लाघारी बस्ने ३५ वर्षीय रमेश कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

सिफारिस