सुदूरपश्चिम मुख्यमन्त्रीमा दुवै पक्षको दावी अस्वीकृत, बैशाख ६ गतेसम्म समयसीम

दियो पोस्ट  

सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीका लागि परेका दुवै पक्षका दाबी २ दिनको अवधी दिई अस्वीकृत गरेका छन् ।

सुदूरपश्चिम मुख्यमन्त्रीपदमा नागरिक उन्मुक्ति पाटी दुई धारमा विभाजित भएका छन् । आइतबार एउटै पदका लागि रेशम चौधरी पक्षका लक्ष्मण किशोर चौधरीले नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्रीको दावी गरेका छन् भने नाउपाकै रञ्जिता श्रेष्ठ चौधरी पक्षका कैलाश चौधरीले एमाले र माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । तर दुई दिनपछि आज मंगलबार प्रदेश प्रमुख नजिर मियाले दुवै जनाको दाबी नपुगेको भन्दै पुनः २ दिन समय दिएर फेरि दाबी पेश गर्न दलहरूलाई आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्न ६ वैशाखको साँझ ५ बजेसम्म समय दिएको प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी दीर्घराज भट्ट हस्ताक्षर विज्ञप्तिमा जनाईएको छ ।

विज्ञप्ती :