सुन प्रतितोला एक लाख ३९ हजार, चाँदी एक हजार ७ सय १५

दियो पोस्ट डेस्क  

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३९ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ । भने चाँदीको मूल्य घटेको छ ।

आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ३८ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भएको छ ।बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २३ सय ८२ अमेरिकी डलरमा कारोबार भएको हो ।

महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार सात सय १५ रूपैयाँमा छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार सात सय ५० रूपैयाँमा कारोबार भएको थियो ।