काठमाडौं । हिमालय हाइड्रो एक्सपोको पहिलो दिनको उपलक्ष्यमा इभि र्याली भएको छ । ।
इप्पान नेपालको आयोजनामा हिमालय हाइड्रो एक्सपोको पहिलो उदघाट्नको अवसर पारि आज बिहान इभि र्याली भएको हो ।
इभि र्यालीको फ्ल्याग डाउन माननिय उर्जा मन्त्री शक्ती बहादुर बस्नेतले गरेका थिए । मन्त्री आफै पनि मन्त्रालयको इभि गाडिमा र्यालीमा सहभागी भएका थिए ।
र्याली स्काइवाक कमलादी बाट सुरु भएर बानेश्वर , तिनकुने , कोटेश्वर , ग्वार्को , थापाथली , सुन्धारा , लैनचौर हुदै भृकुटी मण्डपमा आइ २६ किमि बाटो पुरा गरेको थियो । र्यालीमा विद्दुतिय गाडि, स्कुटर, बाइकहरु सहभागी थिए ।
