मातातीर्थ सबस्टेसन र मर्स्याङ्दी–काठमाडौं २२०केभी प्रसारण लाइनको उद्घाटन सम्पन्न (फोटोफिचर)

दियोपोस्ट संवाददाता  

काठमाडौं । काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो मातातीर्थ सबस्टेसन र मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइनको आज उद्घाटन सम्पन्न भएको छ ।

काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा दिउँसो तीन बजे आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबस्टेसन र प्रसारण लाइन उद्घाटन गरेका हुन् ।

नेपाल सरकार, नेपाल प्राधिकरणको लगानी, नर्वे सरकार अनुदान र एसियाली विकास बैंकको साढे ६ अर्ब रुपैयाँ सहुलितपूर्ण ऋणमा आयोजना सम्पन्न भएको छ । काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो मातातीर्थ सबस्टेसन र मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइनको हो ।

त्रिशूली र मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाहरुको विद्युत् काठमाडौं उपत्यकामा आपूर्ति गर्न र देशभित्रको एकीकृत विद्युत् प्रणालीलाई सुदृढ बनाउने मातातीर्थ २२०/१३२ केभी सबस्टेसन निर्माण गरिएको हो ।