पञ्चबर्षिय योजनाले ५ बर्षभित्र राष्ट्रिय उत्पादनमा ५० प्रतिशत बृद्धि गरेको हुनुपर्छः प्रधानमन्त्री

दियो पोस्ट  

काठमाडौं, चैत २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रतिनिधि तथा राजनीतिज्ञहरुलाई शुसासनको सन्र्दभमा नेतृत्वदायी भुमिका निर्वाह गर्न निर्देशन दिएका छन् ।

विहिबार राजधानीमा राष्ट्रिय विकास परिषद् बैठकको समापन समारोहलाई सम्बोधन गर्दै बोर्डका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले शुसासनको सन्र्दभमा नेतृत्वदायी भुमिका निर्वाह गर्न राजनीतिज्ञ तथा जनप्रतिनिधिलाई निर्देशन दिए ।

मुलुकमा शुसासन कायम नभई विकास र सम्मृद्धि हासिल हुन नसक्ने भन्दै उहाँले सधै त्यसकोे नेतृत्वमा बस्न आग्रह गरे ।
शुसासन कायम गर्ने कुरामा सरकार दृढ र प्रतिवद्ध रहेको भन्दै उनले सम्मृद्ध नेपाल सुखी नेपालीको अभियानमा सहजकता र सक्रियताका साथ लाग्न पनि आग्रह गरे ।

नेपाल सरकारका सबै तह परिचालन नभईकन मुलुकले स्पष्ट रुपमा विकास र सम्मृद्धिको लक्ष्य हासिल गर्न नसक्ने भन्दै उनले प्रदेश र स्थानीयतहलाई निष्कृय र निश्प्रभावि बनाईयो भन्ने कुरा गलत भएको टिप्पणी गरे । राज्य संरचना पहिलाको भन्दा अलि खर्चालु भएको भन्दै उनले खर्चमा मितव्ययीता अपनाउनुपर्नेमा जोड दिए ।

त्यसका लागि खर्च कम गरेर बढी लाभ र उत्पादन लिने तर्फ प्रयासहरु केन्द्रीत गर्न उनले सुझाव दिए । धनी गरिब बीचको दुरी कम भन्दा पनि गरिबी हटाउने मुख्य अभियानमा लाग्नुपर्नेमा उनले जोड दिए ।

बैठकले तय गरेका योजनाहरु परिर्वतित सन्र्दभमा, विशेष परिस्थितिमा, मुलुकको अवस्था, स्थिति, पहिचान, परिचय वदल्ने योजना भएको भन्दै उनले यसले आगामी आर्थिक बर्षको बाषर््िाक योजना र बजेटलाई पनि प्रभावित गर्ने बताए । जनताको जीवनस्तरको परिर्वतन, पुर्वाधार विकासको क्षेत्रमा गरिबि हटाउने काम १५ औ योजनाको अघिल्लो चरणमा नै भईसक्ने दाबी उनले दाबी गरे ।

पञ्चबर्षिय योजनाले ५ बर्ष भित्र सबै क्षेत्रका गरिबीलाई समाप्त पारि समग्र राष्ट्रिय उत्पादनमा कम्तिमा ५० प्रतिशतले बृद्धि गरेको हुनुपर्ने तर्क प्रधानमन्त्रीले गरे । आगामी २५ बर्ष भित्र सबैको जीवनमा परिर्वतन ल्याउने सर्वोत्कृष्ट प्रणाली स्थापित गरि समग्र सम्मृद्धि हासिल गरेको अवस्थामा मुलुकलाई पुर्याउने गरि बैठकले योजना बनाएको दाबी उनले गरे ।

बैठकले दीर्घकालिन सोच सहितको १५ औ योजना (आ.व २०७६७७ –२०८०८१) लाई सुझाव सहित पास गरेको छ । बैठकबाट पारित योजनालाई मन्त्रीपरिषद्ले अन्तिम रुप दिएर पारित गर्नेछ ।