काठमाडौँ,चैत २२ । धुर्मुस सुन्तली फाउण्डेशनको आयोजनामा हुने गौतम बुध्द अन्तराष्ट्रिय क्रिकेट रङगशालाको निर्माणका लागि रकम जुटाउने उदेश्यले आयोजित मातृभुमी कप क्रिकेट प्रतियोगिताको अन्तिम तयारी पूरा भएको छ ।
पारस खड्का र ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपाली राष्ट्रिय टिम ए र बी गरि दुई वटा टिम बिचको प्रतिष्पर्धा हुने ट्वान्टी ट्वान्टी क्रिकेट म्याचलाई रोचक र आकर्षक बनाउन नेपालका राष्ट्रिय कलाकारहरु बिच पनि भिडन्त हुने भएको छ१ मदनकृष्ण श्रेष्ठ र हरिबँश आचार्यको कप्तानीमा नेपाली राष्ट्रिय कलाकार ए र बी गरि दुई टिम बिच रोचक र मनोरन्जनात्मक १०/१० ओभरको क्रिकेट म्याच हुने भएको छ ।
भरतपुरको चितवनमा निर्माणाधिन बिश्वकै नमुना गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला बनाउन करिब ३ अरब जति लाग्ने अनुमान गरिएको छ ।
जनस्तर बाट निर्माण हुन लागेको यो सँसारकै पहिलो नमुना बहु आयामिक रङ्गशाला हो ।
नेपालका दुई जना लोकप्रिय कलाकार र सामाजिक अभियन्ता सिताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तली को अगुवाइमा धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण सम्पन्न गर्न जिम्मेवारी लिएका हुन् ।
उक्त रङ्गशाला निर्माणका लागि विभिन्न कार्यक्रम र विभिन्न कृयाकलाप मध्ये यो मातृभुमी क्रिकेट म्याच पनि एक हो११ नेपाली क्रिकेटले अन्तराष्ट्रिय जगतमा नेपालको सान उच्च पारेकोले नेपालमा क्रिकेटको लोकप्रियता पनि बढ्दै गएको छ।
क्रिकेटले नेपालीहरुको मन जोड्ने काम गरेको र सँसारलाई चिनाउन सक्ने भएकोले क्रिकेट रङ्गशाला निर्माण अभियानमा जुटेका हौँ भन्छन् अभियन्ता सिताराम कट्टेल धुर्मुस र यो नेपाली जनताले गर्व गर्ने आयोजना भएको बताउँछिन धुर्मुस सुन्तली फाउणडेशन कि उपाध्यक्ष कुन्जना घिमिरे सुन्तली१ बास्तबमै यो चानचुने काम भने होइन।
तर ३ करोड नेपालीहरुको मन जितिसकेका धुर्मुस सुन्तली ३ बर्ष भित्रमा भरतपुरको चिवनमा गौतम बुद्ध अन्तराष्ट्रिय बहुआयामिक क्रिकेट रङ्गशाला बनाएरै छाड्ने दाबी गर्छन।
रङ्गशाला निर्माणका लागि फण्ड कलेक्सन गर्ने उदेश्यले आयोजना गरिएको क्रिकेट खेलाडी र कलाकार बिचको भिडन्त रोमान्चक हुने अनुमान गरिएको छ।
यहि चैत्र १५ गते देखि किर्तिपुरको अभ्यास ग्राउण्डमा कलाकारहरुले नियमित अभ्यास गरेका थिए१ र एक दिन मुलपानी क्रिकेट ग्राउण्डमा समेत अभ्यास म्याच गरि अन्तिम छनौटमा पर्ने खेलाडीको लिष्ट तयार पारिएको छ । नेपालका थुप्रै राष्ट्रिय कलाकार, गायक, सँगितकार, हाँस्यकलाकार हरु बाट खेलको आधारमा र नियमित अभ्यासमा सक्रिय सहभागिता भएका आधारमा अन्तिम १६र १६ जना खेलाडी कलाकार छनौट गरिएको छ१ हिजो राती सम्ममा राष्ट्रिय कलाकार ब् र राष्ट्रिय कलाकार ४ मा ३र३ जना बैकल्पिक खेलाडी सहित १६र१६ जना खेलाडी छनौट गरिएको कुरा सिताराम कट्टेल धुर्मुसले आफ्नो फेसबुक मार्फत सार्वजनिक गर्नुभएको छ ।
अन्तिम छनौटमा पर्नु भएका राष्ट्रिय कलाकार ब् बाट ।
१.मदनकृष्ण श्रेष्ठ (कप्तान)
२. सुनिल थापा
३. कमल मैनाली
४. बद्री पँगेनी
५. सँयम पुरी
६. कुमार कट्टेल ( जिग्री)
७. कर्मा शाक्य
८. सन्दिप क्षेत्री
९. हेमराज बि सी
१०. घनश्याम गौतम (नक्कली प्रचण्ड)
११. निराजन प्रधान
१२. सन्तोष लामा
१३. अनमोल गुरुङ
१४. राजु ढकाल
१५. दिपक ढकाल
१६. दिलिप वखेडा
बैकल्पिक खेलाडीमा
१.निर्मल शर्मा
२. प्रमोद खरेल
३. भरत गिरी
त्यसै गरि नेपाली राष्ट्रिय कलाकार टिम द्य बाट अन्तिम छनौटमा पर्नु भएका खेलाडीहरुमा
१. हरिबँश आचार्य (कप्तान) टिम
२. नीर शाह
३. सरोज खनाल
४. निश्चल बस्नेत
५. दयाह्याङ राई
६. बीरेन्द्र हमाल
७. हेमन्त राणा
८. पर्ल शाहा
९. सलिनमान बानिया
१०. हेमन्त शर्मा
११. अनुराग कुवँर
१२. शँखर के सी
१३. कृष्ण काफ्ले
१४. अर्जुन घिमिरे
१५. राजा राजेन्द्र पोखरेल
१६. मावोत्से गुरुङ
बैकल्पिक खेलाडीहरुमा
१. कमलमणी नेपाल
२. असोक धिताल
३. कपिलराज गिरी
राष्ट्रिय खेलाडीमा भन्दा कलाकारको अन्तिम छनौट गर्न गारो भएको दुई कोच मध्येका एक कमल मैनालीले बताउनु भएको छ । सबै ब्याटिङ र बलिङ गर्छु मात्रै भन्छन तर क्रिकेटमा ब्याटिङ बलिङ र फिल्डिङ तीन पक्षकै उत्तिकै भुमिका छ ।
तयारीको अन्तिम दिन सम्म धेरै कलाकार क्रिकेट खेल्न ईच्छुक देखिएपनि खेल र नियमित अभ्यासका आधारमा दुई बरिष्ठ कलाकार सुनिल थापा , कमल मैनाली र आयोजक धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलको आन्तरिक सल्लाह सुझाब र परामर्शमा मातृभुमी कम क्रिकेट म्याच खेल्ने कलाकारहरु बाट अन्तिम खेलाडी चयन गरिएको बताइएको छ ।
मातृभुमी कप टि ट्वान्टी क्रिकेट म्याच यहि चैत्र २३ गते शनिबार किर्तिपुर क्रकेट ग्राउण्डमा हुदैछ ।