हराइरहेका ३१ वर्षीय गुरुङको शव भीरमा भेटियो

दियो पोस्ट  

ओखलढुंगा, चैत २३ । शुक्रबारदेखि हराइरहेका एक व्यक्तिको सिद्धिचरण नगरपालिका वडा नं(३, को बरबोटे भीरमा शनिवार शव फेला परेको छ ।

सिद्धिचरण नगरपालिका वडा नं(८, जरङ्गेका ३१ वर्षीय रामजी गुरुङको शुक्रबारदेखि हराइरहेका र उनको शव शनिबार फेला परेको थियो ।

स्थानीयले भीरमा शव देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिनुभयो । प्रहरीले स्थानीयको सूचनाका आधारमा शव निकालेर पोष्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाएको छ ।

शव भीरमा भेटिएकाले लडेर ज्यान गएको हुनसक्ने भए स्थानीयको अनुमान भए पनि घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो ।