‘प्लेयर अफ दि मन्थ’ को उपाधि मेस्सीलाई

दियो पोस्ट  

बार्सिलोनाका कप्तान लियोनल मेस्सीले ला लिगाको ‘प्लेयर अफ दि मन्थ’ को उपाधि हात पारेका छन् ।

मार्च महिनामा उत्कृष्ट खेलाडी बन्दै मेस्सीले ‘प्लेयर अफ दि मन्थ’ अवार्ड जितेका हुन् ।मेस्सीले मार्चमा एक ह्याट्रिकसहित ६ गोल गरेका थिए । यस्तै मेस्सीले एक गोलका लागि पास उपलब्ध गराएका छन् । ला लिगा अन्तर्गत मेस्सीले मार्च १७ मा रियल बेटीसविरुद्धको खेलमा ह्याट्रिक गरेका थिए ।

मेस्सीले यस सिजन सबैखाले प्रतियोगितामा ४२ गोल गरिसकेका छन् । योसंगै अर्जेन्टिनाका मेस्सी पाँचौ पटक प्लेयर अफ दि मन्थ चुनिएका हुन् । यसअघि मेस्सीले सन् २०१६ जनवरी, सन् २०१७ अप्रिल, सन् २०१८ अप्रिल र सन् २०१८ सेप्टेम्बरमा प्लेयर अफ दि मन्थ चुनिएका थिए ।

ला लिगामा सर्वाधिक धेरै पटक एट्लेटिको मड्रिडका खेलाडी एन्टोनी ग्रिजम्यानले प्लेयर अफ दि मन्थको उपाधि जितेका छन् ।ग्रिजम्यानले ६ पटक प्लेयर अफ दि मन्थ जितेका छन् । मेस्सी ला लिगा सर्वाधिक प्लेयर अफ दि मन्थ जित्ने दोस्रो खेलाडी हुन् ।एजेन्सी ।