काठमाडौँ,चैत २६ । प्रहरीले काठमाडौंको नयाँ वसपार्कबाट चोरीको गाडीसहित एकजनालाई पक्राउ गरेको छ ।
नयाँबसपार्कस्थित आकाशेपुल मुनिबाट ललितपुर, महालक्ष्मी नगरपालिका–१४ बस्ने कमल महर्जन बा।६ च ४४२५ नम्बरको डिआई गाडीसहित सोमबार राती पक्राउ परेका हुन् ।
ललितपुर ग्वार्कोबाट चोरी भएको सो गाडी महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले जाँच गर्ने क्रममा नयाँ बसपार्क नजिकैको माछापोखरीबाट बिजि मलतर्फ जाँदै गरेको गाडीलाई पिछा गरेको थियो । गाडी कसरी चोरियो भन्ने सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।