मतदान गरेर बाहिर निस्किएका मतदातासँग गरिएको सर्वेक्षणले इजरेलमा कसैको पनि स्पष्ट जित नहुने देखाएको छ।
निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका निकटतम प्रतिस्पर्धी बेन्नी ग्यान्टस् दुवैले आफूले जित्ने दाबी गरेका छन्।
भूतपूर्व सेनाप्रमुख ग्यान्टस्को मध्यपमार्गी ब्लू एन्ड ह्वाइट गठबन्धनले ३६ वा ३७ सीट जित्ने देखाएको छ भने प्रधानमन्त्री नेतान्याहुको लिकुड पार्टीले ३३ देखि ३६ स्थान ल्याउने सर्वेक्षणहरूले देखाएका छन्।
दुईवटा मतसर्वेक्षणहरूले नेतान्याहुसँग समर्थित दक्षिणपन्थी पार्टीहरू मिलेर सत्ता गठबन्धन गर्ने सम्भावना देखाएको छ।
धन्यवाद ज्ञापन
तर तेस्रो मत सर्वेक्षणले चाहिँ ती पार्टीहरू ग्यान्टस्को पार्टीसँग सत्तामा सहभागी हुन सक्ने देखाएको छ।
“हामीले जित्यौँ! इजरेली जनताले आफ्नो राय राखे!” ब्लू एन्ड ह्वाइटले एउटा विज्ञप्तिमा भनेको छ।
“यो चुनावमा स्पष्ट जित र स्पष्ट हार कसैको पनि भएको छैन।”
नेतान्याहुले ट्वीट गरेका छन्, “लिकुडले नेतृत्व गरेको दक्षिणपन्थी गठबन्धनले निर्णायक जित हासिल गरेको छ।”
“म इजरेलका जनतालाई विश्वासको मत दिएकोमा धन्यवाद दिन्छु। म दक्षिणपन्थी सरकार बनाउनका हाम्रा स्वाभाविक साझेदारसँग काम आजै बेलुका काम सुरु गर्छु।”
इजरेलको १२० सदस्यीय संसद्मा अहिलेसम्म कुनै पनि पार्टीले बहुमत ल्याएको छैन र अहिलेसम्म सधैँ गठबन्धनको सरकार बनेको छ।
तेल अविवस्थित बीबीसीका टम ब्याटम्यान आफ्नो विश्लेषणमा भन्छन्, “निर्वाचनको राति मतदानपछिको मतसर्वेक्षणको नतिजा सार्वजनिक हुनासाथ बेन्नी ग्यान्ट्सका समर्थकहरू उत्सव मनाउन थाले।”
उनीहरूले इजरेलमा अब मध्यपन्थीहरूको सरकार बन्ने विश्वास व्यक्त गरेका छन्।
उत्सव मनाइरहँदा एक जनाले, “परिवर्तन आउनै लागेको छ।”
तर परिणाम भने एकदमै अस्पष्ट छ।
यसअघि भएको मतदानपछि गरिएका मतसर्वेक्षणहरूको निष्कर्ष नाटकीय रूपमा असत्य साबित भएका थिए।विविसीबाट