काठमाडौँ,वैशाख १० । चन्द्रगिरी नगरपालिका वडा नं २ वाडभञ्ज्याङ द्वार मंगलबार आयोजित वडा स्तरीय सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ ।
चन्द्रगिरी नगरपालिका को वडा नं २ वाडभञ्ज्याङ मा विकास निमार्ण र वडाबाट सम्पादन भएको सेवा प्रभाहका बारेमा वडावासीहरुको राय र सल्लाह बुज्ने उदेश्यले सुरु गरेको कार्यक्रममा प्रमुख अतिथिका रुपमा उक्त वडाका समाजसेवी बलराम कार्कि सभापतिका रुपमा उक्त वडाका वडा अध्यक्ष गोपि सुर्खेति र अन्य अतिथि र वडावासीहरुको उपस्थितमा कार्यक्रम सुरु भएको हो ।
विगतका वर्षहरुलाई समिक्षा गर्दै भविष्यमा कस्तो योजनाहरु वुन्न सकिन्छ भन्ने उदेश्यले सुरु गरेको कार्यक्रम प्रत्यक वर्ष हुने वडा सदश्य मधुकर वस्नेतले बताएका छन् ।