/fi6«klt e08f/LnfO{ labfO{ ;+o'Qm /fi6« ;+3Lo hnjfo' kl/jt{g ;+/rgf;DaGwL dxf;lGwsf] @$cf}+ ;Dd]ngdf efu lng zlgaf/ kf]Nof08tkm{ k|:yfg ug]{ qmddf lqe'jg cGt/f{li6«o ljdfg:yndf /fi6«klt ljBfb]jL e08f/LnfO{ labfO{ ub}{ pk/fi6«klt gGbaxfb'/ k'g, k|wfgdGqL s]kL zdf{ cf]nL . tl:a/M /Tg >]i7, /f;;
काठमाडौँ,वैशाख ११ । राष्ट्रपति विद्यादेवी भण्डारी नौ दिने राजकीय भ्रमणका लागि आज चीन प्रस्थान गरेकी छिन् ।
बेल्ट एन्ड रोड इनिसिएटिभ ९बीआरआई० को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन राष्ट्रपति भण्डारी त्यसतर्फ वप्रस्थान गरेकी हुन् । राष्ट्रपतिलाई बिदाइ गर्न प्रधानमन्त्रीसहित उच्चपदस्थ सरकारी अधिकारी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए ।
गणतन्त्र स्थापनापछि पहिलोपटक उत्तरी छिमेकी देश चीनले राष्ट्रपतिलाई आफ्नो देशमा स्वागत गर्न लागेको हो ।
यसअघि पूर्व राष्ट्रपति डाक्टर रामवरण यादव दुई पटक चीनको भ्रमणमा गएपनि उनले राजकीय सम्मान भने पाएका थिएनन् । जबकि दक्षिणी छिमेकी देश भारतले भने रामवरण यादव राष्ट्रपति बनेलगत्तै उनलाई राजकीय सम्मानका साथ स्वागत गरेको थियो । तर चीनले भने राजकीय सम्मानका साथ स्वागत गर्न १० वर्ष लगाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी नेपाल एयरलाइन्सको चार्टर्ड विमानबाट चीनतर्फ गएकी हुन् राष्ट्रपति भण्डारीको भ्रमण टोलीमा ३४ जना सदस्य सहभागी रहेका छन् ।
उनी पहिलो दिन राष्ट्रपति सि जिनपिङको सहर सान्सी प्रान्तमा बस्नेछिन् । उनी भोलिमात्रै बेइजिङ पुग्नेछिन् ।
राष्ट्रपति भण्डारीले बीआरआईको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ । बीआरआईमा राष्ट्रपति भण्डारीले नेपालको भूमिका र महत्वका क्षेत्रबारे प्रष्ट पार्नेछिन् । यद्यपि नेपालले बीआरआईमा आफ्नो योजना पहिले नै पेश गरिसकेको छ ।
सम्मेलनमा पूर्वाधार विकास, सडक तथा रेल सञ्जाल, आर्थिक विकास तथा सहायता, पर्यटनक्षेत्रको विकास आदिबारे छलफल हुनेछ । त्यसैगरी राष्ट्रपति भण्डारीले चीनका राष्ट्रपति सी जिनपिङले आयोजना गर्ने राउन्ड टेबल छलफलमा पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।