पोखरी निर्माणमा भ्रष्टाचार गर्ने पथरी शनिश्वरे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विरुद्ध मुद्दा दर्ता

पोखरी निर्माणमा भ्रष्टाचार गर्ने पथरी शनिश्वरे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विरुद्ध मुद्दा दर्ता

काठमाडौं, १९ चैत्र । मोरङ्गको पथरी शनिश्वरे नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अम्बिका प्रसाद धमलालाई अम्बिकाप्रसाद धमलासहित ६ जना उपर गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा मुद्दा दायर गरेको छ ।


चुरे भावर संरक्षण कार्यक्रम अन्तर्गत नगरपालिकाले पोखरी निर्माणका लागि प्राप्त गरेको रकम पोखरी निर्माण नै नगरी बिल बनाएर २४ लाख २७ हजार ५ सय ४५ रुपैयाँ हिनामिना गरेको अभियोगमा उपभोक्ता समितिका अध्यक्ष कुल बहादुर गुरुङ्ग सचिव नविन ढकाल कोषाध्यक्ष विनिता देवानलाई मुद्दा दायर गरेको हो ।


अख्तियारले ईन्जिनियर कृष्ण प्रसाद कोइराला, सहायक ईन्जिनियर लेखराज भट्टराईलाई पनि मुद्दा दायर गरेको छ ।

Trending News