‘डिडिसीको दुर्गन्धित दुध’ पिउन महाप्रबन्धक रुद्र पौडेलको उर्दी : लाखौँ खर्चिएर विज्ञापन !

‘डिडिसीको दुर्गन्धित दुध’ पिउन महाप्रबन्धक रुद्र पौडेलको उर्दी : लाखौँ खर्चिएर विज्ञापन !

काठमाडौं, ३१ चैत्र । बजारमा दुर्गन्धित दुध विक्री गर्दै आएको दुग्ध विकास संस्थानका महाप्रबन्धक रुद्र प्रसाद पौडेलले डिडिसीको दुध उपभोग गर्न उर्दी गरेका छन् ।


सोमबार डिडिसीको दुर्गन्धित दुध बजारमा विक्री भइरहेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकै कर्मचारीकै आधारमा एक दैनिक पत्रिकामा समाचार प्रकाशित भएको थियो । धुलो पाउडर पानीमा खोलेर डिडिसी ब्राण्डको दुध बेचिरहेको डिडिसीको दुधबारे सामाजिक सञ्जालमा व्यापाक गुनासो छ । हेलो सरकारदेखि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसम्म उजुरी परेको छ । तर, नियामक निकायले कारबाही भने गरेको छैन ।


महाप्रबन्धक पौडेलले लाखौं रुपैयाँ खर्चिएर विभिन्न दैनिक पत्रिकामा सुचना छपाएका छन् । उक्त सुचनामा उनले सोमबार एक दैनिक पत्रिकामा प्रकाशित समाचारको खण्डन गरेका छन् । आश्चर्य त के भने अघिल्लो दिन डिडिसीको दुर्गन्धित दुध बजारभनेर समाचार प्रकाशन गर्ने कान्तिपुरले नै महाप्रबन्धक पौडेलको खण्डनलाई विज्ञापन बनाएर प्रकाशन गरेको छ ।


खण्डन अनुसार चैत्र २४ गते बजारमा आपूर्ति भएका डिडिसीका केही लटका दुभमा फरक बास्ना आएको उपभोक्ताको गुनासो थियो । काठमाडौं दुग्ध वितरण आयोजनाबाट उक्त कमजोरी भएको र पानीमा समस्या भएको पत्ता लागेको डिडिसीको विज्ञप्तिमा उल्लेख छ ।

दुधमा फरक बास्ना आएपनि स्वास्थ्यमा कुनै असर नपर्ने महाप्रबन्धक पौडेलको दाबी छ । यद्धपी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले डिडिसीको दुधको नमुना संकलन गरि परिक्षणका लागि ल्याबमा लगेको छ । ल्याबबाट रिपोर्ट नआउँदै पौडेलले स्वास्थ्यमा कुनै पनि असर नगर्ने ठोकुवा गरेका छन् । उनले डिडिसीको दुधमा समस्या आएको र आगामी दिनमा दोहोरिन नदिने प्रतिबद्धता समेत जनाएका छन् । पौडेललले दुर्गन्धित र विवादित बनेको डिडिसीको दुग्धजन्य पदार्थसेवनका लागि अनुरोध समेत गरेका छन् ।

Trending News