कर्णाली सरकार जोगाइदिएपछि माधव नेपाललाई भेट्न पुगे प्रचण्ड

कर्णाली सरकार जोगाइदिएपछि माधव नेपाललाई भेट्न पुगे प्रचण्ड

काठमाडौं, ४ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेट भएको छ। शनिबार विहान ९ बजे दुई नेताबीच भेटघाट भएको हो ।

काटेश्वरस्थित एक व्यापारीको घरमा दुई नेताबीच भेट भएको बताइएको छ । झापाबाट सिधै कोटेश्वर आएका नेता नेपाललाई भेट्न प्रचण्ड पुगेका थिए ।

शुक्रबार कर्णाली प्रदेश सरकारका मुख्य मन्त्रीको पद जोगाउन नेकपा एमालेका नेपाल पक्षीय नेताहरुले फ्लोर क्रस गरिदिएका थिए । सांसदहरू प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा र कुर्मराज शाहीले फ्लोर क्रस गरेका हुन् ।

Trending News