काठमाडौँ लगायत शहरी क्षेत्रका विद्यालय बैशाख मसान्तसम्म बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ लगायत शहरी क्षेत्रका विद्यालय बैशाख मसान्तसम्म बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ, ६ बैशाख । सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण जोखिमलाई मध्यनजर गर्दै काठमाडौँ लगायत ठूला शहरका विद्यालय एक महिना बन्द गर्ने निर्णय गरेको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भौतिक रुपमा विद्यालय बन्द गरि भर्चुअल रुपमा संचालन गर्ने निर्णय गरेको हो ।

बैठकले शिक्षण संस्थासहित रात्रिकालीन व्यवसाय, सिनेमा हल, पार्टी प्यालेस, जिमखाना, रंगशाला लगायत भिडभाड हुने क्षेत्रहरु बैशाख मसान्तसम्म निर्णय गरेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को सिफारिसअनुसार सरकारले सो निर्णय गरेको हो ।

यसअघि स्वास्थ्य मन्त्रालयले बालबालिका तथा युवावर्गमा नयाँ भेरियन्टको कोरोना संक्रमणको जोखिम बढेको बताउँदै एक महिनासम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।

आइतबार नै एकैदिन सय जना भन्दा बढी बालबालिकाहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

सरकारको निर्णयसँगै राजधानी लगायतका विद्यालयहरु भोलिदेखि नै अनलाईन विधिबाट सञ्चालन हुनेछन् ।

Trending News