अदालतमा मुद्दा चल्दा चल्दै कांग्रेस पूर्वसांसद रामकृष्ण चित्रकारद्वारा जग्गा बिक्री !

अदालतमा मुद्दा चल्दा चल्दै कांग्रेस पूर्वसांसद रामकृष्ण चित्रकारद्वारा जग्गा बिक्री !

काठमाडौं । पूर्वसांसद रामकृष्ण चित्रकारले अदालतमा अंशमुुद्दा चलिरहेको जग्गा बिक्री गरेका छन् । ललितपुर जिल्ला अदालतमा मुद्दा चलिरहेको जग्गा उनले २०७१ असार १२ गते विजय श्रेष्ठलाई बिक्री गरेका हुुन् । काठमाडौं महानगरपालिका वडा नम्बर ३२ कोटेश्वरमा रहेको चार आना दुई पैसा जग्गा उनले त्यसरी बेचेका थिए ।

उक्त जग्गा आफूहरुको पनि हक लाग्ने भएकाले आफ्नो भाग दिलाइपाऊँ भनी पूर्वसांसद चित्रकारकी भाउजू मिरा चित्रकार र भतिजभतिजीले २०५७ जेठ २५ गते पूर्वसांसद चित्रकारविरुद्ध ललितपुर जिल्ला अदालतमा अंशमुद्दा हालेका थिए । उक्त मुद्दा चल्दाचल्दै पूर्वसांसद चित्रकारले विजय श्रेष्ठलाई उक्त जग्गा बिक्री गरेका हुुन् । जग्गाबिक्रीमा लेनदेन ७२ लाख रुपैयाँ भएको तर जग्गा पासचाहिँ २८ लाख रुपैयाँमा मात्र गरेर राजस्व छलेको थाहा भएको छ ।

 (आर्थिक दैनिकबाट)

Trending News