युद्धकालिन बंकर चहार्दै पूर्वमन्त्री !

दियो पोस्ट  

काठमाडौं, ७ वैशाख । १० वर्षे सशस्त्र जनयुद्ध इतिहास भइसकेको छ । १२ बुँदे बृहत शान्ति सम्झौता मार्फत शान्तिपूर्ण राजनीतिमा आएका माओवादीहरुले पटक पटक सत्ताको नेतृत्वमा पुगिसकेका छन् ।

जनयुद्धकालिन सर्वोच्च कमाण्डर पुष्पकमल दाहाल प्रचण्ड २ पटकसम्म मुलुकको प्रधानमन्त्री भइसकेका छन् ।

दर्जनौँ नेता मन्त्री समेत बनिसकेका छन् । कोही अहिलेपनि मुख्यमन्त्रीदेखि विभिन्न अहोदामा रजाइँ गरिरहेका छन् । केही नेता तथा पूर्वमन्त्री भने जनयुद्धकालिब बंकर र शुरुङहरु भ्रमणमा छन् ।


प्रचण्ड नेतृत्वको सरकारमा खेलकुद मन्त्री समेत रहेका दलजीत श्रीपाली यतिबेला युद्धकालिन बंकरहरु हेर्दैछन् । ती बंकरहरुमा उनी विभिन्न पोजिसनमा फोटो खिचाउँदै गरेको अवस्थामा देखिएका छन् ।
रुकुम घर भएका उनी यतिबेला युद्धकालिन बंकरमा भेटिएका हुन् ।