काठमाडौं, १७ वैशाख । कोरोना भाइरस कोभिड १९ को नयाँ भेरियन्ट फैलिएसँगै उपत्यकामा निषेज्ञा जारी छ ।
जारि निषेधाज्ञाकै बीच कारोना संक्रमण दर भने बढिरहेको छ । शुक्रबार मात्रै हालसम्मकै सबैभन्दा धेरै अर्थात ५ हजार ७ सयभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । अस्पतालहरुमा कोरोनाका विरामीले बेड नपाउने अवस्था देखिएको छ ।
कोरोना महामारीमा फ्रन्ट लाइनमा खटिएका स्वास्थ्यकर्मी तथा डाक्टरहरु नै केसहरु बढ्दै गए ‘म्यानेज गर्न नसकिने’ बताउन थालेका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान बीर अस्पतालमा अहिले कोरोना संक्रमितहरुको अवस्था कस्तो छ ? यो प्रश्न हामीले फ्रन्टलाइनमा खटिएकी नर्स गंगा केसीलाई सोधेका थियौँ ।
भिडियो