धादिङ । आसन्न निर्वाचनको लागि धादिङ जिल्लाबाट कुल दुई हजार, तीन सय ७९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन कार्यालय धादिङका अनुसार जिल्लाबभरबाट कुल दुइ हजार तीन सय ७९ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
धादिङ जिल्लामा १३ वटा स्थानीय तह छन् ति मध्य दुई वटा नगरपालिका छन् भने अन्य ११ वटा गाँउपालिका छन् । दुई वटा नगरपालिकाको प्रमुखका लागि २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । भने उपप्रमुखको लागि १९ जनाले मनोनयन दर्ता गराएका छन् ।
त्यस्तै ११ वटा पालिकाको अध्यक्षका लागि १२५ र उपाध्यक्षको लागि ७०
जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालय धादिङका जिल्ला निर्वाचन अधिकृत सन्तोष कुमार श्रेष्ठले दियोपोस्टलाई जानकारी दिए ।
अधिकृत श्रेष्ठका अनुसार वडा अध्यक्षका लागि ६५० जनाले उम्मेदवारी दर्ता गरेका छन्, महिला सदस्यको लागि ३७५ जनाले दर्ता गरेका छन्, दलित महिला सदस्यका लागि ३१० जना र वडा सदस्यको लागि ८५० जनाले मनोनयन दर्ता गराएका हुन् ।
जिल्लामा मनोनयन दर्ता गराउने व्यक्तिहरु नरहेको समेत अधिकृत श्रेष्ठले जानकारी दिए । ककसले उम्मेदवारी दिए भन्ने विषयमा अझै पुनःपरिक्षण भईरहेको निर्वाचन कार्यालय धादिङका कम्युटर अपरेटर राज बजगाईले जानकारी दिए ।
धादिङ गठबन्धनले भागबण्डा मिलाए पनि अध्यक्षमा सबै दलले उम्मेदवारी दर्ता गराएको देखिन्छ ।
कुन तहमा कति ? (सुचीसहित)
प्रमुखः २४ जना
उपप्रमुखः १९ जना
अध्यक्षः १२५ जना
उपाध्यक्षः ७० जना
वडाअध्यक्षः ६५० जना
महिला सदस्यः ३७५ जना
दलित महिला सदस्यः ३१० जना
वडा सदस्यः ८५० जना