डीआईजी राजु अर्याल एआईजीमा बढुवा

diyopost.com
दियो पोस्ट  मंगलबार, बैशाख १३, २०७९ | २०:४१:२४

काठमाडौं । सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजु अर्याल अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् ।

गृह मन्त्रालयले ४ वैशाखमा उनलाई एआईजीमा सिफारिस गरेको थियो । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई एआईजीमा बढुवा गरेको हो ।

योसँगै उनी १९ वैशाखमा सशस्त्र प्रहरीको महानिरीक्षक (आईजीपी) बन्ने छन् । हालका आईजीपी पुस्पराम केसीको ३० वर्ष सेवा अवधिको कारण अवकास भएपछि अर्याल आईजीपी बन्नेछन् ।

सम्बन्धित खबर