काठमाडौं, १८ वैशाख । नेकपा एमालेका तर्फबाट तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान)लाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।
शनिबार गरिएको पीसीआर परीक्षणमा सांसद श्रेष्ठलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो।
कोरोना सङ्क्रमण भए पनि कुनै प्रकारको असजिलो महसुस नभएको र होम आइसोलेशनमै रहेको उनले सामाजिक सञ्जाल मार्फत जनाएका छन् ।