दाङ, १९ वैशाख । माओवादी केन्द्र प्रवेश गरेकी तत्कालिन नेपाल कम्युनिस्ट पार्टीकी लुम्बिनी प्रदेश सभा सदस्य बिमला ओलीलाई खोज्न प्रहरी परिचालन भएको छ । लुम्बिनी प्रदेशको कामचलाउ सरकारका मन्त्री वैजनाथ चौधरीले प्रदेश सभा सदस्य विमला वली अपहरणमा परेको भन्दै खोजी गर्न प्रहरीलाई निर्देशन दिएको बताए ।
कामचलाउ सरकारका प्रवक्तासमेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री चौधरीले वलीलाई दाङबाट बुटवल आउँदै गर्दा बाटोमा अपहरण आरोप लगाए ।
उनले प्रहरी र सुरक्षा निकायलाई खोजतलासका लागि निर्देशन दिएको बताएका छन् । बिमलाको मोबाइल अफ छ ।
यद्धपी बिमलाले भने आफूले माओवादी पार्टीमा प्रवेश गरेको विज्ञप्ती नै सार्वजनिक गरिसकेकी छिन् ।