शेरबहादुर देउवाको सालोको निवासमा प्रचण्ड, देउवा र माधव नेपालबीच गोप्य भेटवार्ता !

शेरबहादुर देउवाको सालोको निवासमा प्रचण्ड, देउवा र माधव नेपालबीच गोप्य भेटवार्ता !

काठमाडौं, २१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिने निर्णय गरेपछि शिर्ष राजनीतिक बृत्तमा तरंग शुरु भएको छ ।


नेपाली कांग्रेस सभापति शेर बहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालबीच गोप्य भेटवार्ता भएको खुलेको छ ।
तीन नेताबीच चप्पल राजधानीको बिशालनगरस्थित चप्पलकारखाना नजिकै एक ठेकेदारको निवासमा गोप्य भेटवार्ता भएको स्रोतले जनाएको छ । कांग्रेस सभापति देउवाको सालो नाता पर्ने विदेशी विमानको एजेन्ट समेत रहेका र विमास्थलमा मदिराको व्यापार गर्ने प्रमोद शम्शेर जबराको निवासमा भेटवार्ता भएको स्रोतको दाबी छ ।


भेटवार्तालाई निकै गोप्य राखिएको समेत स्रोतले बतायो । सोमबार राती तीन नेताबीच भेटवार्ता भएको विषयमा कांग्रेस सभापति शेर बहादुर देउवाका स्वकिय सचिव भानु देउवालाई प्रश्न गर्दा आफूलाई केही थाहा नभएको बताए । ‘म अहिले त्यता छैन । मलाई भेटवार्ताबारे केही जानकारी छैन,’ देउवाले दियोपोस्टसँग भने,‘अहिले उहाँसँगै हुने साथीहरुलाई बुझ्दा ठिक होला ।’


शिर्ष नेताबीचको भेटको विषयमा आफ्नो सचिवालय सदस्यलाई समेत कुनै जानकारी नभएको स्रोतको दाबी छ । माधव नेपाल निकट एक नेताका अनुसार तीन नेताबीच प्रधानमन्त्री ओलीले विश्वासको मत लिने निर्णयमा विभिन्न आशंका भएकाले तीन नेताबीच जमघट भएको हो ।


कांग्रेस सभापति शेर बहादुर देउवा आफै अग्रसर भएर प्रधानमन्त्री ओली विरुद्ध अविश्वास प्रस्ताव ल्याउन तयार भएका छैनन् । प्रधानमन्त्री ओली संसदमा विश्वासको मत प्राप्त गरेर २ वर्ष ढुक्कले सत्ता चलाउने र विश्वासको मत नआए राजिनामा दिएर आफ्नै नेतृत्वमा मंसिरमा निर्वाचन गर्ने पक्षमा छन् । तीन शिर्ष नेताबीच प्रधानमन्त्री ओलीको कदमलाई लिएर नयाँ रणनीति बनाउन छलफल चलेको स्रोतको दाबी छ ।

Trending News