काठमाडौँ, । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारको नीति तथा कार्यक्रमले किसान वर्गलाई छुन नसकेको बताए । उनले कृषकले मल नपाउने कुरा कार्यक्रममा कहिले समेट्ने बताए ।
‘हामी त जनतासँग धेरै टाढा भइसक्यौँ, तपाईंहरू ठूला दल बन्नु भयो होला, तर जनतासँग टाढा भइसक्नु भयो,’ अध्यक्ष लिङ्देनले भने ।
उनले तीन करोड जनसंख्या नभएको मुलुकबाट ५० औँ लाख युवा विदेश जाने कुरालाई नीति तथा कार्यक्रमले नछोएको बताए ।