व्यापारीलाई धम्काएर ७ करोड माग्ने ६ पत्रकारसहित ७ जना पक्राउ

diyopost.com
दियो पोस्ट  शुक्रबार, जेठ १३, २०७९ | १८:०४:१५

 

काठमाडौं । व्यापारीलाई धम्काएर ७ करोड माग्ने सात जना पक्राउ परेका छन् । उपत्यका अपराध महाशाखाको टोलीले सङ्गठित रूपमा धम्क्याएर रकम माग गरेको आरोपमा सात जनालाई पक्राउ गरेको हो ।

स्रोतका अनुसार उनीहरूले व्यक्तिको भिडियो बनाएर धम्क्याउँदै रकम माग गरेको आरोप छ । पक्राउ पर्नेमा एक जना विज्ञापन एजेन्सी सञ्चालक र अन्य टेलिभिजनमा काम गर्ने पत्रकारहरू छन् ।

पक्राउ पर्नेमा पत्रकार सुजन आचार्य, धर्मराज थापा, वसन्ता खनाल, श्रवण कार्की, टेकबहादुर बिक, उमेश भण्डारी र सुरज शर्माले व्यापारीसँग ७ करोड डिल गरिराखेको अवस्थामा पक्राउ परेका हुन् ।

ती व्यक्तिको भिडियो बनाएर धम्क्याउँदै रकम माग गरेको आरोप छ । उनीहरुले संगठित रुपमा ब्ल्याकमेल गरेर रकम असुल्दै आएको सूचनाको आधारमा अनुसन्धानमा खटिएको प्रहरी टोलीले शुक्रबार उनीहरुलाई पक्राउ गरेको हो ।

सम्बन्धित खबर