काठमाडौँ,। धरान उपमहानगरपालिका प्रमुखको मृत्यु पछि २०७६ मा भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेद्वार बनेका हर्क राज राई हर्क साम्पाङ० ४२२ मत प्राप्त गरी पराजित भएका थिए। तर बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उनलाई धरानका जनताले पत्याए, अनी भारी मतान्तरले धरानको प्रमुखमा विजयी भए ।
पहिलो पटक धराने जनताले विश्वास गर्न सकेन तर दोस्रो पटक भने विश्वास जित्न सफल उनले २० हजार ८२१ मत प्राप्त गरी प्रतिस्पर्धी नेपाली कांग्रेसका किसोर राईलाई चार हजार ७६२ बढी मतले पराजित गरेका थिए । धरानको विकृति, विसंगती र समस्या माथि आवाज उठाइ रहने प्रमुख राई अब समस्या समधान र कार्यन्वयनको चुनौति थपिने भएको छ । सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख राईले धराने जनताको आवस्यकतालाई मलाई यहाँसम्म ल्याएको हो त्यसैले म माथि चुनौति जीवनकै ठुलो चुनौति थपिएकाले मैले सचेत र सक्षम भएर काम गर्नुपर्ने जिम्मेवारी भएको छ, उनले भने।
सुनसरीको धरान नगरपालिका र आसपासका क्षेत्रमा भएको विकृति, विसंगती र समस्या माथि आवाज उठाइ रहने हर्क साम्पाङ बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा धरान नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका हुन्। निर्वाचित पछि उनले भने, धराने जनताको आवश्यक्ताहरुलाई समाधान गर्न खबरदारि गर्दा गर्दै जनताले नै यहाँसम्म ल्याईदियो अवको दिन मलाई सहज छैन तर डटेर जनताको लागि लाग्छु ।
प्रमुख राईले विगत दशक भन्दा बढी देखि निरन्तर जनचासोका बिषय, बेथिती र भ्रष्टचारविरुद्ध आवाज उठाउदै आएका थिए । प्रमुख गरी खानेपानी, बसपार्क, सर्दु उत्खननमा भएको अनियमितता, विपी प्रतिष्ठानको बेथिती, सडकमा हुने खाल्डाखुल्डी, नगरपालिका माथिको भ्रष्टचार, सर्दु जलाधार अतिक्रमण लगायतका मुख्य विषय माथि आजाव उठाएका थिए । अब यो विषय कार्यन्वयन र समधान गर्ने जिम्मेवारी उनी माथि थपिएको छ ।
स्वतन्त्र उम्मेद्वार बनेर राईले मुख्यचुनावी मुद्दा खानेपानीलाई बनाएका थिए । खानेपानी धरानको सबैभन्दा ठुलो समस्या हो । विगतका वर्षहरुमा राजनीतिक दलहरुले जस्तै चुनावी एजेण्डा मात्र बनाएर पूरा नगर्ने हो भने उहाँको सामाजिक जीवन माथि ठुलो प्रश्न उठ्न सक्ने स्थानीयहरुको भनाई छ ।
धरानको मात्र नभएर उनी सिमा अतिक्रमण, देसको पक्षमा सडकमा एक्लै कराउन कहिल्यै छाडेनन् यो उनको निरन्तरता थियो र यो नै जनताको विश्वास गर्ने आधार बन्यो । सामान्य परिवारको उनि यातायात व्यवसायी ट्याम्पु सञ्चालनको रुपमा चिनिन्छन् । प्रमुख राई भन्छन् “म यो देशको नागरिक हुँ र देशमा बढ्दै गएको बेथिति, भ्रष्टचार र अनावश्यक गतिविधि विरुद्धमा बोल्न अझै निरन्तर लाग्ने छु । र नगरको विकास जनताले पत्याउने गरी गर्ने छु ।