
काठमाडौं । लावारिस अवस्थामा २ जनाको शव फेला परेको छ । डडेलधुराके गन्यापधुरा गाउँपालिका–१ भत्काँडास्थित एक जना पुरुषको लावारिस अवस्थामा शव फेला परेको छ । मृत्य हुनेमा सोही ठाउँ बस्ने ७२ वर्षीय गम्भिर लुहार रहेका छन् । सोही ठाउँस्थित बजारदेखि करिब १ सय मिटर टाढा बुधबार मृत अवस्थामा फेला परेको हो ।
साथै सिन्धुलीको दुधौली नगरपालिका–१ डाँडाटोलस्थित मामा घरमा विगत १ महिनादेखि बस्दै आएका एक जना बालक मृत अवस्थामा फेला परेका छन् । मृत्यु हुनेमा काभ्रे घर भएका अनिश भुजेलको छोरा ५ वर्षीय मनिस भुजेल रहेका छन् । बुधबार दिउँसो घरबाट हिँडेका उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा सोही ठाउँस्थित बिचित्रखोलाको ढुग्रेदहमा बुधबार मृत अवस्थामा फेला परेका हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।