साँझ परेपछि हङकङको स्क्वायर प्लाजामा डिनर गर्न पुग्छन् देउवा दम्पत्ति (भिडियोसहित)

दियोपोस्ट संवाददाता  

काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उनकी पत्नि आरजु राणा देउवा हङकङको तुम सा सुई प्लाजाको एक रेष्टुरेन्टमा भेटिएका छन् । विहिबार साँझ देउवा दम्पत्ति खाना खानका लागि आफूसहित ६ जनाको समुह लिएर त्यहाँ पुगेका हुन् । ‘उहाँ पार्किङ गरेर भर्खरै यहाँ आउनु भएको छ । खाना खानका लागि बस्नु भएको छ,’ प्रत्यक्षदर्शीले दियोपोस्टसँग भने,‘यो हङकङको निकै महँगो रेष्टुरेन्ट हो ।’

जेनजी आन्दोलनका क्रममा आक्रमणमा परी गम्भिर घाइते भएका देउवा दम्पत्ति उपचारका लागि हङकङ पुगेका थिए । उनीहरु लामो समयदेखि हङकङ बस्दै आएका छन् । नेपाल प्रहरीले सम्पत्ति सुद्धिकरण मुद्दामा देउवा दम्पत्तिलाई पक्राउका लागि ईन्टरपोल मार्फत कोशिस गर्दै आएको थियो । तर, सर्वोच्च अदालतले देउवा दम्पत्तिलाई पक्राउ गर्ने प्रहरीको तयारीलाई रोक लगाइदिएको छ । देउवा दम्पत्तिले उपचार सकिएपछि नेपाल आएर अनुसन्धानलाई सहयोग गर्ने बताउँदै आएका छन् ।

भिडियाे हेर्नुहाेुस् :

सिफारिस