काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले एमाले नेता विष्णु पौडेलसहित १६ जना विरुद्ध पुरक अभियोग पत्र पेश गरेको छ ।
पौडेललाई मतियारको रुपमा अभियोग दाबी लिइएको छ ।
सुचना अनुसार दिपक भट्ट लगायतलाई सम्पत्तिको गैर कानूनी सम्पत्ति लुकाउन एवम् छल्ने वातावरण निर्माण गरिदिई सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजिम सम्पत्ति शुद्धीकरण गरेको कसूरको मतियारको कार्य गरेको भन्ने कसूर स्थापित भएको’ दाबी लिइएको छ ।
अवैध वित्तीय क्रियाकलापमा मतियारको भूमिका खेलेको अभियोगमा विष्णुप्रसाद पौडेलको हकमा मात्रै विभागले बीस करोड नब्बे लाख रुपैयाँ बिगो कायम गरिएको छ ।
पौडेलको नाममा ऐभरेष्ट बैंक लिमिटेडमा रहेको खाताको सम्पूर्ण मौज्दात समेत तानिएको छ । उक्त बैंक खातामा रहेको छ लाख चौँतीस हजार पाँच सय पैतालीस रुपैयाँ चौरासी पैसा) जफत गर्न अभियोग पत्रमा माग गरिएको छ ।