
काठमाडौँ । दाङको तुलसीपुर उपमहानगरपालिका-६ रजौरामा निर्माणाधीन घरको पानी ट्यांकीभित्र मृत भेटिएका दुई जना पुरुषको पहिचान खुलेको छ । सल्यानको शारदा नगरपालिका-१५ का ३६ वर्षीय कमल गिरी र ३५ वर्षीय घनश्याम गिरी मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर केसीका अनुसार पानी ट्यांकीमा राखिएको ढलानको सपोर्ट निकाल्ने क्रममा अक्सिजनको कमी हुँदा उनीहरूको मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ।
उनका अनुसार दुवै जनाको शव पोस्टमार्टमका लागि तुलसीपुरस्थित राप्ती अस्पताल पठाइएको छ।
निर्माण सम्बन्धि काम गर्दै आएका उनीहरु कामको शिलशिलामा तुलसीपुरमा बस्दै आएका थिए । उनीहरु एकै परिवारका रहेको डिएसपी केसीले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।