१ लाख ९ सय रूपैयाँ नगदसहित जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने कान्छी माया तामाङको टहरामा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पनृैमा झापा घर भई काठमाडौं बल्खु डेरा गरी बस्ने ४० वर्षीय ओम नाथ गिरीसहित ६ जना रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १ लाख ९ सय रूपैयाँ र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।