काठमाडौँ । प्रदेश सरकारले असार १ गते बजेट ल्याउनु पर्ने कानुनी व्यवस्थाअनुसार आज सातवटै प्रदेश सरकारले बजेट सार्वजनिक गर्दैछन् । सबै प्रदेशका आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट सार्वजनिक गर्न लागेका हुन् ।
आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेश सरकारका आर्थिक मामिला मन्त्रीहरुले आय–व्यवको विवरणसहितको बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
अघिल्ला वर्षका बजेट कार्यान्वयनमा समस्या देखिएपछि अधिकांश प्रदेशले बजेटको आकार नबढाउने भएका छन् । प्राय सबै प्रदेशले कृषि, रोजगारी र पर्यटनलाई प्राथमिकतामा राखेका छन् ।
केन्द्र सरकारले जेठ १५ मा, प्रदेश सरकारले असार १ गते र स्थानीय सरकारले असार १० गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधान छ ।