
काठमाडौँ । तीनकुने घटनाका आरोपि राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालत उपस्थित भएका छन् । अदालतको फरार अभियुक्त समेत रहेका मिश्र आज अदालतमा उपस्थित भएका हुन् ।
मिश्रको अधिवक्ता तारादेवी महर्जनको इजालासमा आज थुनछेक बहस हुने बताइएको छ । मिश्रमाथि राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दर्ता भएको थियो । उनी पूर्वपक्षका लागि थुनामा जाने वा नजाने भन्ने बारे आज निर्णय हुनेछ ।
गत चैत १५ गते काठमाडौंको तीनकुने घटनाका आरोपि राप्रपा महामन्त्री शवलशमशेर राणा भने सोमबार साँझ ३ लाख धरौटीमा रिहा भइसकेका छन् । तीनकुनेको हिंसात्मक प्रदर्शन घटनाका योजनाकार मानिएका दुर्गा प्रसाईं भने कारागार चलान भइसकेका छन् ।