उच्च अदालतले भन्यो-‘राजुनाथ पाण्डेको निलम्बनको निर्णय कार्यान्वयन नगर्नु’

दियोपोस्ट संवाददाता  

काठमाडौँ । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले बुधबार निलम्बनको निर्णय कार्यान्वयन नगर्न र सोही पदमा काम गर्न दिन आदेश दिएको हो ।

निलम्बन गरिएको पत्र कार्यान्वयन नगरी पाण्डेलाई निजको पदमा रही कामकाज गर्न आदेशले आदेश दिएको उच्च अदालत पाटनकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन् ।

मेयर बालेन्द्र बालेन्द्र शाहको मौखिक निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालय प्रवेशमा रोक लगाउन खोजेको विषयमा पाण्डेसँग ७ बुँदे स्पष्टीकरण सोधिएको थियो । पाण्डेले जेठ १२ गते स्पष्टीकरण बुझाएका थिए । त्यसलगत्तै जेठ २० मा उनीमाथि छानबिन गर्न भन्दै ६ महिनाका लागि निलम्बनको पत्र पठाइएको थियो ।

 

सिफारिस