काठमाडौं । गण्डकी प्रदेश सांसद राजिव गुरुङ उर्फ ‘दिपक मनाङे’ पदमुक्त भएका छन् । खुँडा प्रहार गरी ज्यान मार्ने प्रयास गरेको कसुरमा दोषी ठहर भएका मनाङे पदमुक्त भएका हुन् ।
सर्वोच्च अदालतको संवैधानिक इजालसले उनलाई उम्मेद्वार हुन समेत अयोग्य ठहर गर्दै संसाद पदमा नरहने गरि पदमुक्त गर्ने आदेश दिएको थियो ।
मनाङेले विवरण झुक्याएर सांसद भएको अदालतको ठहर छ । उनलाई सुरुको दिनदेखि नै लागू हुनेगरी पदमुक्त गर्न माग भएकोमा सर्वोच्च अदालतको संवैधानिक इजलासले फैसला भएको मिति (आज) बाट लागू हुनेगरी पदमुक्त हुने निर्णय सुनाएको हो ।