दाउन्नेमा पूनः यातायात ठप्प, यात्रुहरु अलपत्र

दियोपोस्ट संवाददाता  

नवलपरासी । पूर्वपश्चिम राजमार्ग अन्र्तगत बुटबल नारायणघाट सडकमा पर्ने दाउन्नेमा पूनः अवरुद्ध भएको छ । दाउन्नेस्थित विश्वकर्मा मन्दिर नजिकै मोडमा गाडी फसेपछि यातायात ठप्प भएको हो ।

बिहिबार राती परको वर्षापछि सडक चिप्लो भई गाडी फसेको नवलपरासीका प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए । दिनभरि डेढ प्रहरीले सडकमा ग्राभेल हालेर गाडी खुलाउने कोशिस गरिएको भएपनि वर्षा पछि पूनः सडक चिप्लो भई गाडी गुड्न नसकेको प्रहरी उपरिक्षक ढकालले बताए ।
यसअघि प्रहरी आफैले सडकमा ग्राभेल हालेर राजमार्ग खुलाएका थिए । तर पानी परेपछि सडका गाडी आवत जावत गर्न मुकिल भएको उनले बताए ।

बिहीबार दिउँसो दाउन्नेमा ५ सय ट्रिप ग्राभेल हालेर राजमार्ग खुलाउने भनिएको भएपनि ठेकेदारले ग्राभेल नहालेको पछि प्रहरीले समन्वय गरेर काम गरेका थिए ।

सिफारिस