
काठमाडौं । कठमाडौँको नागार्जुन नगरपालिका, वडा नम्बर-३, बाफलस्थित मेडल तथा स्टिकर गोदाममा आगलागी भएको छ । आज बिहान साडे ३ बजे तिर बिजुलीको तार सट भएर आगलागी भएको हो ।
सशस्त्र प्रहरीसहित नेपाली सेना र नेपाल प्रहरीको टोलीले दमकलको सहयोगमा साढे एक घण्टापछि आगो नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।
आगो निभाउन बालाजु दमकल र जुद्द बारुण यन्त्रसहित सुरक्षाकर्मीको टोली खटिएको थियो । सशस्त्र प्रहरी बलको १८ नम्बर गण निलबाराहीबाट मात्र प्नहरी निरीक्षक नीरकुमार कार्कीको कमान्डमा ३५ जनाको टोली खटिएको थियो ।
राजेन्द्र उदासले गोदाम सञ्चालन गरेका थिए ।
आगलागीबाट भएको क्षतिको विवरण खुलेको छैन ।