
कपिलबस्तु । कपिलवस्तु नगरपालिका वडा नम्बर ८ पश्चिम बेलहवा स्थित पोखरीमा ट्याक्टर खस्दा २ जना स्थानीय महिलाको मृत्यु भएको छ । सोमवार बिहान साढे १० बजेतिर ट्याक्टरमा सवार २० बर्षिया दुर्गावती कोरी र ४५ बर्षिया दुर्गावती कोरीको मृत्यु भएको हो ।
दुबैजना रोपाईका लागि ट्याक्टरमा बसेर जादै गरेको अवस्थामा एक्कासी ट्याक्टर पोखरीमा खसेको थियो । दुबै जनाको शव पोखरीमा खसेको ट्याक्टरले च्पापिएको अवस्थामा डुबेर मृत्यु भएको वडाअध्यक्ष शिव कुमार पाण्डेयले जानकारी दिए ।
ट्याक्टर नयाँ बनेको माटोको बाटोमा चिप्लिएर अनियन्त्रित भई पोखरीमा खसेको थियो । ट्याक्टरमा चालक सहीत ६ जना सवार थिए । अन्य ४ जना भने सुकशल रहेको प्रहरी उपरिक्षक मोहनमणि अधिकारीले जानकारी दिए ।
