६० किलो ‘सुन’ प्रकरणमा धरौटीमा रिहा भएकी अमला पूनः पक्राउ

दियोपोस्ट संवाददाता  

काठमाडौँ । ६० किलो सुन तस्करी प्रकरणकी आरोपी अमला रोकालाई काठमाडौँ जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएलगत्तै पून पक्राउ परेकी छन् । सोमबार काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार २ लाख धरौटी बुझाएर रिहा भए लगत्तै उनी पक्राउ परेकी हुन् ।

सम्पत्ति शुद्धीकरण मुद्दामा पनि उनीविरुद्ध अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

शुक्रबार टोखाबाट पक्राउ परेकी रोकाविरुद्ध आइतबारदेखि थुनछेक सुरु भएकोमा बहस नसकिएपछि सोमबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो । आज भने बहस सकिएसँगै धरौटीमा मुद्दा पुर्पक्ष गर्ने आदेश अदालतले गरेको हो ।

अमला सुन तस्करी प्रकरणमा पक्राउ परी हाल थुनामा रहेका बेल्जियम नागरिक दावा छिरिङकी श्रीमती हुन् । राजस्व अनुसन्धान विभागले २ साउन २०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार राजश्व जाँच पास गरेर बाहिरिएको ६० किलो सुन बरामद गरेको थियो । उक्त मुद्दामा जिल्ला सरकारी वकिलको कार्यालयले अमलासहित २९ जनाविरुद्ध मुद्दा दायर गरेकोमा त्यसयता उनी फरार रहँदै आएकी थिइन् ।

सिफारिस