भारतमा बन्धक बनाइएका ५७ नेपालीको उद्वार

दियोपोस्ट संवाददाता  

काठमाडौँ । भारतका बिभिन्न शहरमा बन्धक बनाइएका ५७ जना नेपालीको उद्वार गरिएको छ । संगठित गिरोहले आर्कषक रोजगारीको प्रलोभनमा पारि बन्धक बनाइएका नेपालीलाई उत्तराखण्ड प्रहरी र सामाजिक संस्था ‘कीन इण्डिया’को सहयोगमा उद्वार गरिएको हो ।

भारतस्थित नेपाली दूतावासका अनुसार गिरोहले १९ जिल्लाबाट रोजगारीको प्रलोभनमा भारत पुर्‍याएको थियो । विभिन्न जिल्लाबाट भारत पुर्‍याएर बन्धक बनाएर रकम असुल्ने गरेको दुतावासको भनाई छ ।

रोजगारीको झुठो आश्वासनमा नपर्न दुतावासले अनुरोध समेत गरेको छ ।

सिफारिस