प्रचण्ड र माधव नेपालबीच भेटवार्ता, समसामयिक विषयमा छलफल

दियोपोस्ट संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच भेटवार्ता भएको छ । दुई शीर्ष नेतृत्वबीच माओवादी संसदीय दलको कार्यालय सिंहदरवारमा मंगलबार भेटवार्ता भएको हो ।

भेटमा प्रचण्ड र नेपालबीच पछिल्लो राजनीतिक घटनाक्रम र समसाायिक विषयमा छलफल भएको बताइएको छ । पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको विषयमा समेत दुई नेताबीच छलफल भएको माओवादी केन्द्रका एक नेताले बताए ।

पतञ्जली जग्गा प्रकरणमा नेपालको सांसद पद निलम्बन भएको छ ।