सेफ्टिक ट्यांकीमा डुबेर रौतहटमा दुई बालबालिकाको मृत्यु

दियोपोस्ट संवाददाता

जनकपुरधाम । रौतहटको चन्द्रपुर नगरपालिका १० निबुवा टोलमा सेफ्टिक ट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । स्थानीय गरिमा साहका छोरा एक वर्षीय रञ्जे साह र जगदीश साहकी एक वर्षीया छोरी खुश्बु साहको मृत्यु भएको हो ।

रौतहट प्रहरीका अनुसार दुबै बालबालिका खेल्ने क्रममा मंगलबार साँझ पौने ८ बजे स्थानीय हृदय पासवानको शौचालयको सेफ्टिक ट्यांकीमा खसेका थिए ।

उनीहरुलाई त्यहाँबाट निकालेर उपचारका लागि सरकारी अस्पताल चपुरमा लगिएको थियो । तर डाक्टरहरुले ८ः१५ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।