बुटबलस्थित विद्युत् प्राधिकरणको सवस्टेशनमा आगलागी

दियोपोस्ट संवाददाता

बुटवल । रुपन्देहीको तिलोत्तमा योगीकुटीस्थित नेपाल विद्युत् प्राधिकरणको सवस्टेशनमा आलगागी भएको छ । मंगलबार राति ९ बजेतिर विद्युत् सर्ट भएर आगो लागेको ईलाका प्रहरी कार्यालय बटवलले जनाएको छ ।

बुटवल र तिलोत्तमा नगरपालिकाबाट आएका दुई वटा दमकलले १० मिनेटमै आगलागीलाई पूर्णरुपमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीपएसपी इन्द्रबहादुर रानाले बताए ।

छिटो आगलागी नियन्त्रणमा आएकाले ठूलो जनधनको क्षतिबाट जोगिएको उनले बताए । आगलागी भएसंगै बुटबल क्षेत्रमा बिद्युत आपूर्ती बन्द भएको थियो । आगलागीबाट भएको क्षतिको विवरण आइनसकेको प्रहरीको भनाइ छ ।