
काठमाडौँ । नेपालका लागि विश्व प्रसिद्ध ब्रान्ड Total Energies लुब्रिकेन्ट्सको आधिकारिक वितरक, लक्ष्मी ल्युब आयल प्रा.लि.ले पहिलो पटक काठमाडौँ उपत्यका बाहिर ‘फ्रि सर्भिस क्याम्प’ आयोजना गर्ने भएको छ । कम्पनीले दुईपांग्रे र चारपांग्रे सवारी साधनका लागि छुट्टाछुट्टै ‘फ्रि सर्भिस क्याम्प’ आयोजना गर्न लागेको हो ।
यही असार १२ र १३ गते बिहान १० देखि बेलुकी ५ बजेसम्म बुटबलमा क्याम्प संचालन गरिने बताइएको छ । त्यस्तै, असार १९ र २० गते भैरहवामा क्याम्प आयोजना गरिने भएको छ ।
कम्पनीले सवारी साधनको दीर्घकालीन सम्भार र इञ्जिन स्वास्थ्यमा जनचेतना फैलाउने उद्देश्यले उक्त क्याम्प राखिएको आयोजकको भनाई छ । क्याम्पमा भैरहवा तथा बुटवलका स्थानीय ग्राहक र मेकानिक समुदायसँग पनि प्रत्यक्ष सम्पर्क विस्तार गर्ने लक्ष्य राखिएको छ ।