
काठमाडौँ । नेशनल प्याब्सन काठमाडौँको पाँचौँ जिल्लाव्यापी हाजिरीजवाफ प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । नेशनल प्याब्सन काठमाडौँ जिल्ला समितिको आयोजना तथा काठमाडौँ महानगर समितिको संयोजनमा आयोजित प्रतियोगिता युनिभर्सल सेकेन्डरी स्कुल, काठमाडौँमा सम्पन्न भएको हो ।
प्रतियोगितामा सहभागी काठमाडौं जिल्लाका २४ विद्यालयलाई पछि पार्दै साम्तेन मेमोरियल स्कुल, बुढानिलकण्ठले प्रथम स्थान हासिल गरेको छ । त्यस्तै, दिब्य ज्ञान स्कुल, काठमाडौँ महानगरले दोस्रो र वेद ब्यास स्कुलले तेस्रो स्थान प्राप्त गरे।
युनिभर्सल सेकेन्डरी स्कुलले सान्त्वना पुरस्कार जितेको थियो । विजयी टिमहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रममा नेसनल प्याब्सन केन्द्रीय समिति सदस्य विजय खरेल, काठमाडौँ जिल्ला समिति अध्यक्ष होमबहादुर अधिकारी (मनोज), कोषाध्यक्ष विजय न्यौपाने, सह(कोषाध्यक्ष) हेमन्त श्रेष्ठ लगायतले हाजिरी जवाफ प्रतियोगिताले बिद्यार्थीको सामान्य ज्ञानको दायरा बढ्ने भएकाले यस्ता कार्यक्रम हरेक बिद्यालयले आयोजना गर्नु पर्ने बताए ।
कार्यक्रममा काठमाडौँ जिल्ला समिति सदस्य रामप्रसाद काफ्ले, काठमाडौँ महानगर समिति संयोजक नीलममणि भट्टराई, सचिव राजन लम्साल, कार्यक्रम संयोजक अभिनाश यादव, बुढानिलकण्ठ नगर समिति उपाध्यक्ष सुस्मिता मैनाली, सचिव गोविन्द धामी, सहसचिव नारायण चौलागाईं, स्याट सचिव प्रशान्त दाहाल लगायतको उपस्थिति रहेको थियो।


