पाँचखालमा बस दुर्घटना, ८ जना घाइते

दियोपोस्ट संवाददाता

काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत काभ्रेको पाँचखाल नगरपालिका-६, हनुमानगढीमा यात्रुबाहक बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । काठमाडौंबाट मेलम्ची तर्फ जाँदै गरेको बा २ ख ३२६५ नम्बरको बस दुर्घटना भएको हो ।

बस अनियन्त्रित भई सडक छेउको नालीमा पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार  घाइतेहरूको उद्धार गरी उपचारका लागि पाँचखाल पोलिक्लिनिक पठाइएको छ ।

बस चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-७ का ३० वर्षीय मनोज बराईली पाँचखाल प्रहरी चौकीको नियन्त्रणमा रहेको र दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सामान्य उपचारपछि सबै घाइतेहरूको डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त बसमा ३५ जना यात्रु सवार थिए ।