
कञ्चनपुर । आकर्षक जागिरको प्रलोभन देखाइ भारत उत्तराखण्डको रुद्रपुर र काशीपुरमा बन्धक बनाएका ५७ जना नेपालीलाई उद्धार गरी नेपाल ल्याइएको छ । उद्धार गरिएकाहरुलाई बुधबार साँझ गड्डाचौकी नाका हुँदै नेपाल ल्याइएको छ ।
उद्धार गरिएकामध्ये चितवनका १०, कैलालीका ९, सुनसरीका ५, उदयपुर, तेह्रथुमका र पाँचथरका ४र४, दाङ, स्याङजा र बाँकेका ३र३ जना, ताप्लेजुङ, डोटी र धादिङका २र२ जना तथा सर्लाही, कास्की, रुकुम, बाग्लुंग, इलामा र रुपन्देहीका १र१ जना गरी ५७ जना रहेका छन् ।
उनीहरु सबैलाई बुधबार नेपाल ल्याइएको ‘किन इन्डिया’प्रमुख नवीन जोशीले बताए । काशीपुरबाट ३५ जना र रुद्रपुरबाट २२ जनालाई उद्धार गरिएको उनले बताए । उनीहरुलाई आकर्षक रोजगारीको प्रलोभन देखाएर घरबाट बोलाइ जनही २३ हजार भारुसमेत जम्मा गर्न लगाएको उनले जानकारी दिए ।
उनीहरु सैबलाई बन्द कोठामा राखेर खाना बस्न पनि राम्रो नदिने तथा बाहिर समेत निस्कन नदएिको अवस्थामा उद्धार गरिएको जोशीले बताए ।
‘किन इन्डिया’ र स्थानीय प्रहरीको सहयोगमा उनीहरुलाई उद्धार गरि बिभिन्न संघ संस्था र भारतस्थित नेपाली दूतावासको सहयोगमा नेपाल ल्याइएको हो ।
गड्डाचौकी नाकामा पुगेका उनीहरुलाई कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजी डम्बरबहादुर विश्वकर्माले स्वागत गरेका थिए ।
‘किन इन्डिया’ले उद्धार गरी ल्याएको र उनीहरुसँगै सल्लाह गरेर त्यही अनुसार व्यवस्थापन गरिने प्रमुख जिल्ला अधिकारी ढकालले बताए । ‘सुदूरपश्चिममै घर भएकालाई बुधबार नै घर पठाइएको र टाढा घर हुनेलाई विभिन्न संघ संस्थाले बसोबास र खानाको व्यवस्था गरि राखेको उनले बताए ।